जनता टाइम्स

११ माघ २०७९, बुधबार ०९:४८

प्रवासी नेपाली मञ्चले परराष्ट्रमन्त्रीसँग गर्यो अमेरिकादेखि युरोपसम्मका समस्याबारे ध्यानाकर्षण


अमेरिका, माघ ११ । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको सचिवालयले परराष्ट्र मन्त्री डा. विमला राई पौडेलसँग विभिन्न विषयमा छलफल गरेको छ । मंगलबार मञ्चले जुममार्फत परराष्ट्र मन्त्री पौडेलसँग विभिन्न समस्याको बारेमा छलफल गरेको हो ।

परराष्ट मन्त्रीको सफल कार्यकालको शुभकामनावाट शुरू भएको छलफलमा (माल्टा युके) अन्तर्गत राजदुतावासले हेर्दै आएको र युके युरोपियन युनियनवाट छुट्टीसके पछी माल्टावाट युके आउन भिषाको समस्या परेका कारण माल्टालाई अव उप्रान्त स्पेनको राजदुतावास अन्तर्गत राख्नु पर्ने पोर्चुगलको नेपालीलाई पासपोर्ट आदीको लागि भईरहेको समस्याको यथासक्दो छिटो व्यवस्था गर्ने बारेमा छलफल भएको थियो ।

त्येस्तै वेलायतमा रहेका गोर्खाहरुको समस्याहरु साथै अमेरिकाको टेक्सासमा राजदुतावासको कर्मचारीको लापरवाहीको कारण भएको समस्याले सेवाग्राहीहरुको काम सम्पादन हुन नसकेकोमा सेवाग्राहीलाई तुरून्त सेवा दिने र अमेरीकाको ठुलो भुगोलमा नेपालीले पाउनु पर्ने सुविधा समयमा पुर्याउनको लागि टेक्सास र क्यलिफोर्निसामा कन्सुलेट अफिस राख्न पर्ने साथै मध्यपुर्व र मलेसियामा रहेका मजदुरको समस्या समाधानको लागि १८ घण्टा कुरा गर्न मिल्ने गरी र ६ धण्टा कल रिकर्ड हुने गरी सवै राजदुतावासमा कल सेवा उपलव्ध गराउन पर्ने कुरामा जोड दिएको मञ्च अन्तर्राष्ट्रीय कमिटीका उपसचिव तथा प्रचार बिभाग प्रमुख चानक पोखरेलले जानकारी दिनुभयो ।

जवाफमा परराष्ट्र मन्त्री विमला पौडेल राईले बोल्दै आफुले नितिगत निर्णय गराउन पर्ने कुरा वाहेक अन्य कुरा यथासक्यो छिटो सम्वोधन गर्ने वचन सहित उहा संग सम्वन्धित विषयमा समयमै सुझाव सहित ध्यानाकर्षण गराएकोमा प्रवासी नेपाली मञ्चलाई धन्यावद सहित आभार व्यक्त गर्नु भएको थियो ।

उक्त बैठकमा प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीको अध्यक्ष सन्जय थापा ,सल्लाहकार परिषद अध्यक्ष भक्त गुरूड,सचिव हेम शेर्पा, उपसचिव चानक पोख्रेल र सचिवालय सदस्यहरू प्रभुराम थापा ,भक्त गुरूग्ग,भक्त वाग्ले र कमलमणि गुरागाहीको सहभागिता रहेको थियो ।