काठमाडौं, १३ माघ । आज बाग्मती, मधेस प्रदेश र प्रदेश १ को मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ ।पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावसँगै अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहेकाले यी प्रदेशमा आज बादल लाग्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार यी तीन प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भए पनि पानी पर्ने सम्भावना छैन ।अन्य प्रदेशको मौसम सामान्यतया सफा नै रहने पूर्वानुमान छ । उच्च पहाडी र हिमाली जिल्लामा भइरहेको हिमपात पनि रोकिएको छ ।
तराईका जिल्लामा अहिले बिहान हुस्सु कुहिरो लागे पनि बिस्तारै हट्दै जाने अनुमान छ ।













प्रतिक्रिया दिनुहोस्