जनता टाइम्स

१३ माघ २०७९, शुक्रबार १९:३७

प्रहरीमा सेटिङ मिलाउन अमेरिकादेखि आएका रविका ‘रुम पार्टनर’ थापाको सपना अधुरै


काठमाडौं, माघ १३ । रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेसँगै अमेरिकाको बाल्टिमोरदेखि नेपाल आएर प्रहरीमा सेटिङ मिलाउने धन्दामा लागेका मोहन जंग थापाको खेल पनि सकिएको छ ।

रवि लामिछाने अमेरिकामा रहँदा एउटै काम गर्ने रुम पार्टनर मोहन उहाँ गृहमन्त्री बनेसँगै नेपाल आएर प्रहरी अधिकारीहरुसँग डिल गर्न थाल्नुभएको थियो । प्रहरीको सरुवा र बढुवामा गृहमन्त्री लामिछानेले आफूले भनेको मान्छे मात्रै हुने भन्दै थापाले आफ्नो धन्दा अघि बढाउनु भएको थियो ।

थापाले बिभिन्न होटलमा प्रहरी महानिरीक्षक (आइजीपी) का प्रतिस्पर्धी रहेका प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई फोन गरेर ’आइजी बन्ने भए भेटन आउनोस, म मिलाउँला’ भन्ने गर्नुभएको थियो । आइजीपी हामीले भनेको मान्छे नै हुन्छ, ‘रविले मैले भनेको नै मान्छन, हामी त अमेरिकामा भाँडा माँज्दादेखिको साथी हौं’ भन्दै थापाले बिश्वास दिलाउने गरेको समेत एक प्रहरी अधिकृतले बताए ।

थापासँग भेटेका एक प्रहरी अधिकृतले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार आइजीपी बन्ने भने लाइन मिलाऔं, हुन्छ भन्दै सेटिङका लागि तयार रहन भनेका थिए । गृहमन्त्री बनेपछि भएको सवै सरुवामा आफूले डिल गरेको जिकर समेत थापाले ती प्रहरी अधिकृतसँग गर्नुभएको थियो । केही दिनअघि भएको ‘एसएसपी र डिआइजी सरुवामा आइजीपीको सिफारिश अस्वीकार गर्दै फलानो एसएसपीलाई यहाँ राखिदिनु भन्ने काम पनि थापामार्फत नै गृहमन्त्री (तात्कालिन) लामिछानेले गर्नुभएको थियो ।

उहाँले उपत्यकामा आतंक मच्चाउँदै असुली धन्दामा लाग्नुभएकी डिआइजी मिरा चौधरीलाई नचलाउनु भन्ने आदेश आइजीपीलाई दिनुभएको थियो । त्यस घटनापछि गृहमन्त्री र आइजीपी धिरजप्रताप सिंहबीच बोलचाल नै बन्द जस्तो भएको प्रहरी स्रोतले बतायो । गृहमन्त्री लामिछाने मिठो कुरा गर्ने तर उहाँका सचिवालयमा रहेका दिपक बोहोरा आइजीलाई फोन गरे थर्काउने, थापा म आइजीपी बनाउँछु भन्दै हिडेको सूचना आइजीपी सिंहले पाउनु भएको थियो ।