जनता टाइम्स

१३ माघ २०७९, शुक्रबार १९:४९

कैलालीमा बस र कार ठोक्कियो


धनगढी, १३ माघ । कैलालीमा कारसँग बस ठोक्किएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा केहीबेरअघि साँझ कारसँग बस ठोक्किएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार ना ८अ ६३६१ नम्बरको बस प्रदेश ३–०१–०२४ च १३१ नम्बरको कारसँग ठोक्किएको छ । बस तथा कारमा सवार यात्रुलाई चोटपटक भने लागेको छैन । कार र बसमा भौतिक क्षति भएको छ ।