जनता टाइम्स

१५ माघ २०७९, आईतवार १८:४५

गोदावरीमा एक जना मृत फेला


धनगढी, १५ माघ । कैलालीको गोदावरीमा एक जना मृत फेला पर्नुभएको छ । गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरीका ६३ वर्षीय सन्चा राना मृत फेला पर्नुभएको हो ।

उहाँ आफ्नै खेत बारीमा आज मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।