जनता टाइम्स

१७ माघ २०७९, मंगलवार ११:३६

को बन्ला अखिलको अध्यक्ष ? यस्तो छ संभावित परिदृष्य


काठमाडौं, माघ १७ । नेकपा एमालेको जनबर्गीय संगठन अनेरास्ववियुको अध्यक्षका तीन जनाले दावी गरेका छन । अनेरास्वबियुले आफ्नो २३औं राष्ट्रिय महाधिवेशनको मिति तोकेसँगै अध्यक्षका आकांक्षीहरु बढेका हुन ।

अनेरास्वबियुको २३औं राष्ट्रिय महाधिवेशन आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुँदैछ । अनेरास्वबियुकी अध्यक्ष सुनिता बरालका अनुसार महाधिवेशनको तयारीको काम तीब्र गतिमा भइरहेको छ भने जिल्ला सम्मेलन र प्रतिनिधि छनोटको काम पनि धमाधम भइरहेको छ ।
महाधिवेशनको मिति नजिकिएसँगै अगामी अध्यक्षका लागि पदाधिकारीले आफ्नो अभियान थालेका छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै गट नभएको भन्दै जनसंगठनमा पनि गुटबन्दी स्वीकार्य नहुने निर्देशनसहित स्वस्थ प्रतिस्पर्धा गरेर मतदाताको मतले श्रेष्ठता कायम गर्न निर्देशन दिनुभएको छ ।

अध्यक्ष ओलीको यो निर्देशनसँगै बिद्यार्थी नेताहरु नेतृत्वका लागि पहलकदमी थालेका छन । अहिलेसम्म अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झपिन्द्र खत्री र महासचिव समिक बडालले सशक्त दाबी गर्नुभएको छ । अखिलको अध्यक्षमा यिनैमध्ये एक जनाले नेतृत्व लिने देखिएको छ ।

महासचिव र उपाध्यक्षहरु सवै अध्यक्षको दौडमा रहेको र अन्यले दावी नगरेको देखिएको छ । यस्तै महासचिवमा भास्कर खनाल, कल्पना वाइबा, उमेश आचार्य, शुदर्सन शिवाकोटी, लोकेश निरौलालगायतले दावी गर्नुभएको छ । महासचिवमै नरेश रोकाया, गोविन्द गिरी, नारायण घर्तीले पनि दावी गर्दै आउनु भएको छ ।

अन्य पदमा पनि करिव आधा दर्जन आकांक्षी देखिएका छन । अखिलको महाधिवेशनमा चुनाव हुँदा अध्यक्ष सुनिता बरालको समर्थन रहेको उम्मेदवार नै बिजयी हुने अवस्था भने प्रतिनिधि छनोटकै क्रममा देखिएको छ ।