जनता टाइम्स

१७ माघ २०७९, मंगलवार १२:०७

बैतडीका २० बर्षीय युवक चार दिनदेखि बेपत्ता


बैतडी, १७ माघ । बैतडीको दशरथचन्द नगरपालिका–३ बरक्वालीका एक युुवक बेपत्ता भएका छन् । वेपत्ता हुनेमा केशव नाथका २० बर्षीय छोरा वीरेन्द्र नाथ रहेका छन् । वीरेन्द चार दिनदेखि सम्पर्कविहीन भएको उनका बुवा केशवले बताउनुभयो ।

शनिबार लुगा धुन घरबाट निस्केका उनी अहिलेसम्म कसैको सम्पर्कमा आएका छैनन् । वीरेन्दको खोजीका लागि प्रहरीमा जानकारी गराइएको छ । उनलाई भेट्टाउने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८६५८६८७२७ मा सम्पर्क गरिदिन वीरेन्द्रका बुवा केशवको आग्रह छ ।