जनता टाइम्स

१८ माघ २०७९, बुधबार १३:४९

श्रीमानको हत्या गरेर शव शौचालयमा पुरियो, पाँच वर्षपछि छोरा र श्रीमती पक्राउ


सुर्खेत, १८ मा३ । भेरी नगरपालिका–६ की भद्रकला कामीले लाठी प्रहार गरेर आफ्नै श्रीमान काले कामीलाई हत्य गरेको पाँच वर्षपछि घटना सार्वजनिक भएको छ । ३० पुस २०७४ मा सिस्नेकी भद्रकला कामीले लाठ्ठी प्रहार गर्दा उनका श्रीमान ४७ वर्षीया काले कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । भद्रकला कामी र उनका छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घर नजिकै शौचालयमा पुरिदिएको प्रहरील जनाएको छ ।

जाजरकोट प्रहरीले अनुसन्धान बढाउँदा काले कामीको शव शौचालयमा पुरिएको अवस्थामा भेट्टाएको जाजकोटका डिएसपी सन्तोष निरौलाले बताउनुभयो । उहाँका अनुसार शव शौचालयको खाडलमा पुरेको गोप्य सूचनाका आधारमा हिजो जाजरकोट प्रहरीले घटनास्थलमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटना स्थलमा पुगेर शौचालयको खाडल उत्खनन गर्दा काले कामीको शव भेटिएको थियो । काले कामीको पुरै दाँतसहितको खप्पर (टाउको), प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाइन्ट भित्र मानव कङ्गाल हड्डीहरू फेला परेको छ । भद्रकला र उनका छोरा तुल्सीराम विकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अगाडि बढाइरहेको छ ।