जनता टाइम्स

१८ माघ २०७९, बुधबार १८:४८

बैतडीमा एक जना मृत फेला


बैतडी, १८ माघ । बैतडीमा एक जना मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–५ बस्कोट शहिद गेटस्थित खोल्सामा ५५ वर्षीय लक्ष्मण नायक मृत फेला पर्नुभएको हो ।

दशरथचन्द नगरपालिका–५ शिवमन्दिर चमखालीका नायक मंगलबार मृत अवस्थामा फेला परेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।