जनता टाइम्स

१८ माघ २०७९, बुधबार १९:३३

संसदमा गुञ्जियो रोल्पाको पीडा, सांसद इश्वरी जिएमले राखिन जनताको मनमा गढेको कुरा


काठमाडौं, माघ १८ । प्रतिनिधिसभामा पहिलो पटक रोल्पाको पीडादायी आवाज गुञ्जिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेकी साँसद इश्वरी जिएमले सिंगो रोल्पालीको पीडालाई निकै मार्मिक ढंगले उठाउनु भएको हो ।

सांसद इश्वरीले रोल्पामा अहिलेसम्म केवल ६० किलोमिटर सडक मात्रै कालोपत्रे तथ्य राख्दै अव सडक कालोपत्रेतर्फ सरकारले तत्कालै बजेटको ब्यवस्था गर्नूपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रोल्पाभरी हालसम्म जम्मा ६० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । बाँकी जोखिमपुर्ण सडकबाट कालोपत्रे सडकमा सुरक्षित यात्रा गर्न रोल्पालीहरुले अझै कति दशकसम्म पर्खनु पर्ने हो ? अब्यवस्थित सडकमा दिनानुदिन हुने दुर्घटनाले सहिद मार्ग मृत्यू मार्ग जस्तै बनिरहेको छ । त्यसैले यी सडकलाई सवैभन्दा पहिला कालोपत्रे गर्न बजेटको ब्यवस्था होस भनी सरकारसँग जोडदार माग गर्दछु ।’

सांसद इश्वरीको भनाई जस्ताको तस्तै

दाङको घोराहीबाट रोल्पाको होलेरी घर्ती गाउँ हुँदै पूवी रुकुमको मैकोट जोडने २ सय २० किलोमिटरको सहिद मार्गलाई ४० बर्ष अगाडि सरकारले घोराही होलेरी चुनबाङ सडक खण्ड नाम दिई सुरु गरे पनि अझै कालोपत्रे हुनसकेको छैन । सोही खण्डसँगै जोडिएको २७ किलोमिटर होलेरी स्वर्गद्वारीको सडक पनि सरकारले २२ बर्ष अघि सुरु गरे पनि अझै कालोपत्रे हुन सकेको छैन ।

रोल्पाभरी हालसम्म जम्मा ६० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । बाँकी जोखिमपुर्ण सडकबाट कालोपत्रे सडकमा सुरक्षित यात्रा गर्न रोल्पालीहरुले अझै कति दशकसम्म पर्खनु पर्ने हो ? अब्यवस्थित सडकमा दिनानुदिन हुने दुर्घटनाले सहिद मार्ग मृत्यू मार्ग जस्तै बनिरहेको छ । त्यसैले यी सडकलाई सवैभन्दा पहिला कालोपत्रे गर्न बजेटको ब्यवस्था होस भनी सरकारसँग जोडदार माग गर्दछु ।