जनता टाइम्स

१९ माघ २०७९, बिहीबार ०६:५५

राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट


काठमाडौं, माघ १९ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणले बुधबार सर्वाेच्चमा रिट दायर गर्नुभएको हो । निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ। रिटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्दा कानुनको उल्लंघन भएको उल्लेख छ।

रिट निवेदनमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ ले कार्यकाल सकिनुभन्दा एक महिनाअघि चुनाव गर्नुपर्ने व्यवस्था गरे पनि आयोगबाट त्यसको अवज्ञा भएको उल्लेख छ।

आयोगले आगामी फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते गर्ने उपराष्ट्रपतिका निर्वाचन गर्ने निर्णय गरेको थियो।