जनता टाइम्स

१९ माघ २०७९, बिहीबार १३:०७

कांग्रेस त गृह राज्यमन्त्री पाए पनि सरकारमा आउँछ : केपी ओली (भिडियोसहित)


बिराटनगर, माघ १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस गृह राज्यमन्त्री पाए सरकारमा सहभागी हुने बताउनु भएको छ ।

बिराटनगर बिमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले यस्तो उदघोष गर्नुभएको हो । उहाँले कांग्रेस सत्ताबाहेक केही नसोच्ने र लोकतन्त्रको धज्जी उडाउने पार्टी भएकोले गृह राज्यमन्त्री पाए पनि सरकारमा आउने बताउनु भयो ।

कांग्रेसका नेताहरुले गृहमन्त्री पाए सरकारमा सहभागी हुने बताउनु भएको छ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले भन्नुभयो, ‘कांग्रेस त गृह राज्यमन्त्री पाए पनि सरकारमा आउँछ ।’ उहाँले राजनीतिक संस्कार र स्तर कांग्रेसले कायम नराखेको पनि बताउनु भयो ।

एमाले अध्यक्ष ओलीले गृहमन्त्री प्रकरणले सत्ता गठबन्धनमा खटपट नआउने र बर्तमान सरकार पाँच बर्ष टिक्ने उदघोष पनि गर्नुभयो ।