जनता टाइम्स

१९ माघ २०७९, बिहीबार १९:०२

न‍ेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं, माघ १९ । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आज ९५ जना एसपीको सरुवा गर्नुभएको हो ।

प्रहरी नियमावलीमा एसपीसम्मको सरुवा र बढुवाको अधिकार महानिरीक्षकमा रहेको छ । आज यसअघि भएको काजलाई समेत नियमितमा परिणत गर्दै सरुवा गरिएको हो ।

बिहीबार निकालिएको सरुवापछि कमल थापा कन्चनपुर, अनुपम श्रेष्ठ गोरखा, अवदेश विष्ट तनहुँ र कृष्ण कोइराला धनकुटा पुग्नुभएको छ ।

यस्तै गौतम मिश्र धादिङ, टेकनन्द इवा लिम्बू सिरहा, नवीनकिशोर प्रधान गुल्मी, नरेन्द्रकुमार कार्की सप्तरी, प्रकाश मल्ल महोत्तरी, विनोद सिलवाल पश्चिम नवलपरासी, भरतबहादुर विकको रुपन्देहीमा सरुवा भएको छ ।