जनता टाइम्स

३१ श्रावण २०७६, शुक्रबार १६:५८

जीवित छ प्रधानमन्त्री ओलीले राम्रो गर्नुहुन्छ भन्ने विश्वास


राधाकृष्ण देउजा

लामो रस्साकस्सी पछाडि आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुको कार्यविभाजन भएको छ । जिम्मेवारी पाउने सवै नेताहरुलाइ बधाई भन्दा पनि कार्यकाल उपलव्धिमुलक होस भन्ने कामना गर्दै गर्दा एउटा कुरा चाहिं लेख्नै पर्छ । त्यो के भने आज नेताहरुले जिम्मेवारी पाएको विषयले भन्दा तथ्यहीन समाचारहरुले विरामी रहेको भनेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चुस्तताले चाहिं पार्टीभित्र मात्रै हैन, वाहिर पनि खुसिको अवस्था देखिएको छ ।

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य राम्रो रहनु पर्छ भन्ने चासो र चिन्ताले संकेत गरेको कुरो चाहिं के हो भने सरकारका कतिपय कामकारवाहीहरुप्रति असन्तुष्टि र आलोचना रहे पनि प्रधानमन्त्री ओलीप्रतिको अपेक्षा जीवित छन । उहाँले राम्रो गर्नु हुन्छ भन्ने विश्वास जीवित छ भन्ने नै देखाएको छ । आशा गरौँ जनताको माया र आशिर्वादले प्रधानमन्त्रीज्यूलाई झन-झन फुर्तिलो बनाउदै लागोस । अनी उहाँको फुर्तिसहितको सक्रियताले देशको सुख र सम्वृद्धिको सपना द्रुत रुपमा साकार हुँदै जाओस श्र