जनता टाइम्स

२१ माघ २०७९, शनिबार १५:३३

सुरक्षा निकायलाई अग्नी नियन्त्रण सामग्री प्रदान


लमजुङ २१ माघ । डिभिजन वन कार्यालय लमजुङले जिल्लास्थित सुरक्षा निकायलाई वन डढेलो नियन्त्रणका उपयोगी समाग्रि प्रदान गरेको छ ।

डढेलो नियन्त्रणका लागि पूर्वतयारी थालेको कार्यालयले जिल्लामा वन डढेलेका घटना हुन नदिन तथा घटना भैहालेमा अपनाउनुपर्ने सावधानिको लागि जिल्ला स्थित चण्डी प्रसाद गण उदिपुर व्यारेक, सशस्त्र प्रहरी बल आश्रीत गुल्म र जिल्ला प्रहरी कार्यालय लमजुङलाई अग्नि नियन्त्रणमा प्रयोग हुने आधारभूत समग्री प्रदान गरेको छ ।

वन डढेलो नियन्त्रण योजना कार्यान्वयन तथा व्यवस्थापन कार्यक्रम अन्र्तगत जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अग्नि नियन्त्रणमा प्रयोग हुने विभिन्न १७ प्रकारका सामाग्रि प्रदान गरिएको डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले वताउनुभयो।

वनमा डढेलो लागि हालेमा सोको नियन्त्रणका लागि उपलव्ध समाग्रि उपयोगी हुने डिभिजन वन अधिकृत सुवेदीले बताउनुभयो ।

सुवेदीका अनुसार प्रत्येकलाई ६१ हजार ५ सय ७४ रुपैया वरावरको सामग्री उपलव्ध गराइएको छ ।