जनता टाइम्स

२४ माघ २०७९, मंगलवार १७:२९

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता


काठमाडौं, २४ माघ । वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को पहिलो संस्करणको अक्सनका लागि पाँच नेपाली क्रिकेट खेलाडीले नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले आयोजना गर्न लागेको डब्लुपिएको अक्सनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री, अलराउण्डर सीता रानामगर, अलराउण्डर कविता कुँवर, तिव्र गतिकी बलर अश्मिना कर्माचार्य र ब्याटर तथा उपकप्तान इन्दु बर्माले आफनो नाम दर्ता गराएका हुन् ।

बिसाईको अक्सन १३ फेब्रुअरीमा मुम्बईमा हुनेछ । सो अक्सनका लागि अहिलेसम्म एक हजार पाँच सय खेलाडीले नाम दर्ता गराएका छन् र अक्सनका लागि खेलाडीको अन्तिम सूची यसै साता सार्वजनिक गरिने छ । मुम्बईमा हुने अक्सनमा अधिकतम ९० खेलाडीमा बोली लाग्नेछ ।

पाँच टोली रहेको डब्लुपिएलमा एक टोलीले न्युनतम १५ देखि अधिकतम १८ जनासम्म खेलाडी अनुबन्ध गर्न पाउने छन् । प्रत्येक टोलीले सुरुआती ११ मा पाँच विदेशी खेलाडी खेलाउन पाउँदा कम्तीमा पनि एक एसोसियट राष्ट्रका हुनुपर्नेछ । त्यसैले पनि नेपाली खेलाडीले डुब्लुपिएल खेल्न पाउने उच्च सम्भावना रहेको छ ।सो प्रतियोगिता मार्च चार देखि २६ सम्म सञ्चालन मुम्बईको ब्रेबोर्नी स्टेडियम र डिवाई पाटिल स्टेडियममा हुनेछ ।