जनता टाइम्स

२४ माघ २०७९, मंगलवार १९:०१

सेयर बजारमा हरियाली, ७६ अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौं, माघ २४ । सेयर बजारमा आज हरियाली छाएको छ। नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ विन्दुमा पुगेको छ।सेन्सेटिभ इण्डेक्स ३.१६ प्रतिशतले बढेको छ। नेप्से दोहोरो अंकले बढेसँगै सोमबारको तुलनामा कारोबार रकममा पनि तेजी आएको छ।

आज २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रूपैयाँमा खरिदबिक्री भयो। १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रूपैयाँमा खरिदबिक्री भएको थियो।

आज पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बरुण हाइड्रोपावर,खानीखोला हाइड्रोपावर,रिद्धी विद्युत,आदर्श लघुवित्त वित्तीय र रिडी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको १२ करोड बढिको सेयर कारोबार भयो। यस्तै नगदी ग्रुपको ११ करोड र अपी पावरको ९ करोड मूल्य बढिको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ वटै उपसमूहको सूचक बढेको छ। इन्भेस्टमेन्ट उपसमूहको सूचक सर्वाधिक ६.२५ प्रतिशतले बढ्यो। यस्तै डेभलपमेन्ट, फाइनान्स र हाइड्रोपावरको सूचक ५ प्रतिशत बढिले वृद्धि भयो।

लाइफ इन्स्योरेन्स,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक ४ प्रतिशतले बढ्दा मनु एन्ड प्रो र माइक्रो फाइनान्सको सूचक ३ प्रतिशतले बढेको छ।