जनता टाइम्स

२५ माघ २०७९, बुधबार ०८:३६

रेडक्रसकर्मीले बुझाए आईएफआरसीका महासचिव जगन चापागाईलाई चेतावनीयुक्त ज्ञापनपत्र


काठमाडौं, माघ २५ । अन्तरर्राष्ट्रिय रेडक्रस (आईएफआरसी) को १९२ देशका महासचिव जगन चापागाईलाई नेपाल रेडक्रसकर्मीले ज्ञापन पत्र बुझाएका छन । संस्थाभन्दा ब्यक्तिको हितमा लागेको कारण रेडक्रसकर्मीले ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापनपत्रमा स्वयसेवक रेडक्रसकर्मीहरुले चेतावनी समेत दिएको स्पष्ट पढन सकिन्छ । महासचिव चापागाई सुर्दशनप्रसाद नेपाल र अबकास प्राप्त कार्यकारी निर्देशक उमेसप्रासद ढकाल पक्षलाई रेडक्रसमा स्थापित गराउन चाहेको उनीहरुको आरोप छ ।

सोमवार भएको कर्मचारीसँगको बैठकमा खुलेर निर्वाचन पहिलो विकल्प र अबकास कार्यकारी निर्देशक उमेप्रसाद ढकालले अगाडी सारेको जेसुकै कार्यकलापहरुलाई सबै कर्मचारीहरुलो एक भएर समर्थन गर्न उर्दी जारी गरेको कर्मचारी भेलाका एक कर्मचारीले बताए । महासचिव चापागाईले २०७७ साउन १२ गते नेपाल सरकार मन्त्री परिषद्ले डा. नेत्रप्रसाद तिम्सिना अध्यक्ष रहेको समिति गठन पश्चात आफनो फेशबुक पोष्टमा आज गर्बको शिर झुकेको अनुभब भयो ? भनेर लेख्नु भएको थियो ।

आईएफआर नेपालका एक कर्मचारीले हामीलाई नाम उल्लेख नगर्ने सर्तमा चापागाईले अमेरिका र नेपालको दुईवटा पासपोट लिएको बुझिएको छ । प्रत्येक वर्ष नेपाल आएर सौराहा जग्गा तथा होटलहरुमा लगानी गर्ने बुझिएको छ ।

यस्तो छ ज्ञापनपत्र
ज्ञापन पत्रमा यसप्रकार रहेको छ । श्री जगन्नाथ चापागाई महासचिव आईएफआरसी जेनेभा हाल नेपाल भ्रमण महोदय तपाई आईएफआरसीको महासचिब जस्तो गरिमामय पदमा हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै यहाँको उत्तरोत्तर प्रगतिको प्रगतिको कामना गर्दछौं । नेपाल रेडक्रस सोसाइटी विगत केही वर्षदेखि असहज परिस्थितिबाट गुज्रिरहेको सन्दर्भमा यहाँ पूर्ण जानकार हुनुहुन्छ भन्ने हामी विश्वस्त छौं । संयोग कस्तो भने यहाँ रेडक्रस अभियानको उच्चतहमा रहँदा आफ्नै मुलुकको संस्था कठिन अवस्थामा गुज्रन पुग्दा यहाँलाई पिडा भएकै हुनु पर्दछ । नेपाल रेडक्रस सोसाईटीमा भएका केही तथ्यहरु संक्षितप्त रुपमा जानकारी चाहन्छौं ।

हेनुहोस्आईएफआरसीको महासचिब जगन चापागाईलाई नेपाल रेडक्रस स्वयसेवक समूहले दिएको पाँच बँुदे ज्ञापन पत्रको प्रतिलिपि
उल्लेखित अवस्था र परिस्थितिमा तपाईंमा महासचिब रहेको आइएफआरसीले दिएको प्रतिवेदनहरूले दिएको सिफारिसहरु कार्यान्यनमा मौन किन रहनु भएको ?

४० औं वर्षदेखि सेन्डिकेट गर्ने स्वयंसेवकको नाममा स्वार्थ सम्मलाई मलजल पुग्ने गरी पहिला निर्वाचन अनि विधान अधिवेशन भनी संस्थालाई कहाँ पुर्याउनु खोज्नुभएको सो सम्बन्धमा तपाईले प्रधानमन्त्रीलाई लेख्नुभएको पत्र सुन्नमा जो आएको छ पूर्णरुपले रेडक्रसको निकासको बाधक छ । तपाईकै संस्थाबाट करिब १ करोड ५० लाख रुपैयाँ खर्च गरेर गरेको विधान सँसोधन, अधिवेशनको औचित्य किन समाप्त गर्न खोज्नुभएको हो ? यस्ता कार्यालय तपाईप्रतिको विश्वसनीयता र सम्मानमा ठेस पुग्ने कुरा अवगत गराउन चाहन्छौ ।

नेरेसो. मा विगत १८ वर्षदेखि कार्यरत कार्यकारी निर्देशकको रुपमा उमेश प्रसाद ढकालले कामकाज गर्न थालेपछि संस्थाको साख कहाँ पुगेको छ एकपटक फर्केर हेर्नु होस् त ? यस्तो मानिसलाई बैंकक थाइल्यान्ड मुकाम राखेर भूकम्प पुनर्लाभ कार्यक्रममा नेपालमा लाखौं रुपियाँ तलब भक्ता खुवाउनु भयो । नीज ढकालले नेतृत्व गरेको भुकम्प प्रतिकार्य कार्यक्रमले नेपाल रेडक्रसको अवस्थाका पुरायो ? यस्तो मानिसलाई आईफआरसीले अझ पनि वैधता दिँदा आईएफआरसीको शुन्य सहनशिलता माथि प्रश्न उठ्दैन र ?

अन्त्यमा नेपाल रेडक्रसको निकासको लागि विभिन्न छानविन समितिको प्रतिवेदनहरुको कार्यान्वयन आईफआरसी अन्तर्गत जेससी अनुसारको गाईडलाईन अनुसार विधानको अनुकूल गर्ने, संस्थाको सेण्डिकेट हटाउनको लागि संघीय संरचना अनुसार विधान अनुकूलित गर्ने, महिला र युवा प्रतिनिधित्वको सुनिश्चित गर्दै संस्थालाई गतिशील, पारर्दशि र स्वचालित संस्था बनाउनको लागि विधान अधिवेशन गरी निर्वाचन सहितको केन्द्रीय महाधिवेशन गर्ने वातावरण तय गर्नको हामी हार्दिक अपिल गर्दछौं ।