काठमाडौं, माघ २६ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कँहीकतै खसी कराएको सुन्दा आफू झसंग हुने गरेको बताउनु भएको छ ।
खसीपालनको नाममा सरकारी अनुदान लिएको र खसी खाएको आरोप लगाएको प्रसंग निकाल्दै थापाले यस्तो बताउनु भएको हो ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले भन्नुभयो, ‘जवाफ दिने ठाउँमा पुगेपछि आरोपहरु सहनु पर्दाेरहेछ । म पनि आरोपबाट यति पीडित छु कि कँही कतै खसी करायो भने झसंग हुन्छु ।’
यस्तो लाग्दै गर्दा आफूहरु सच्चिएर अगाडि बढनु पर्ने बताउनु भयो । उहाँले आफूमाथि आरोप लगायो भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले मिडियामाथि खनिने कुरा राम्रो नभएको पनि उहाँले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्