काठमाडौं, माघ २७ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउने आठ टोलीको टुंगो लागेको छ।
प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म काठमाडौंमा संचालन हुनेछ। प्रतियोगितामा आयोजक टोली केपी ओली फुटबल क्लबसहित ‘ए’ डिभिजनका ७ टोली गरी ८ टिमले प्रतिस्पर्धा गर्ने संयोजक छितिज थेवेले बताउनु भयो ।
प्रतियोगितामा ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जवालाखेल युथ क्लबले सहभागी जनाउने छन्।
खेलहरु च्यासल मैदान, दशरथ रंगशालामा र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन्। प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्