जनता टाइम्स

२७ माघ २०७९, शुक्रबार १६:४६

यस्तो छ संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीको ५६ बुँदे सम्बोधन (पूर्णपाठ)


काठमाडौं, माघ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले किसानले मल नपाउने स्थितिको अन्त्यदेखि सरकार नीजि क्षेत्रबीच साझेदारीको बिषयसमेत उठान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले अर्थतन्त्रका सूचकमा केही सकारात्मक संकेत आए पनि खतरा नघटेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ भने निश्चित खाद्यवस्तु तोकेर त्यसमा आत्मनिर्भर बन्नेतर्फ योजना बनाइनुपर्ने र आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिमै लगानी हुनुपर्ने बताउनु भयो ।

सम्बोधनको क्रममा राष्ट्रपति भण्डारीले मुलुकको अर्थतन्त्रप्रति पनि गम्भीर चासो राख्नुभयो । अर्थतन्त्रका सूचकमा केही सकारात्मक संकेत आए पनि खतरा नघटेको भन्दै राष्ट्रपति भण्डारीले सरकारको ध्यानाकर्षण गराउनु भयो ।

राष्ट्रपतिले निश्चित खाद्यवस्तु तोकेर त्यसमा आत्मनिर्भर बन्नेतर्फ योजना बनाइनुपर्ने पनि बताउनु भयो । आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिमै लगानी हुनुपर्ने पनि उहाँको भनाई छ । यस्तै उहाँले सरकार नीजी क्षेत्रबीचको साझेदारीतर्फ पनि बिशेष जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनका सात वर्षमा राजनीतिक स्थायित्व कायम भएको बताउनु भयो । संविधानको कार्यान्वयनका लागि सात वर्षको अभ्यास निकै महत्वपुर्ण भएको उहाँको भनाई छ ।

’संविधान कार्यान्वयनमा सात वर्षको अभ्यासमा निकै महत्वपूर्ण छ । संघीय लोकतन्त्रको आधारमा स्तम्भ संस्थागत भएका छन । संविधान कार्यान्वयन, शासन व्यवस्था सञ्चालन र लोकतन्त्रको व्यवहारिक सुदृढीकरणका लागि हामीले अबलम्बन गरेको नीति, निर्माण गरिएको कानुन र प्रक्रियागत सुधारका कारण राजनीतिक स्थायित्व कायम भएको छ,’ भण्डारीले भन्नुभयो, ’देशको राजनीतिले एउटा गति र लय समाति सकेकाले अब हाम्रो ध्यान विकास, समृद्धि र जनतालाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ भन्ने मैले ठानेको छु । संविधानले मार्ग दर्शनगरे बमोजिमको स्वतन्त्र र समृद्ध अर्थतन्त्र विकास गर्ने सन्दर्भमा राज्यको संयुक्त अंगहरुले संकल्प गरी त्यसको कार्यान्वयमा परिचालित गर्नु पर्दछ भन्ने मलाई लागेको छ ।’

सम्बोधनको क्रममा भण्डारीले देशको आर्थिक, राजनीतिक क्षेत्रमा धेरै नै प्रगति भएको बताउनु भयो । ’विकास निर्माणले गति लिएको छ तर यो गति पर्याप्त छ त ? तर नागरिकको विकासका लागि हामीले गरेको प्रयासले सार्थकता पाएको छ त ? यो विषयलाई केन्द्रमा राखेर अबका हाम्रा काम कारवाहीहरु अघि बढाउनु पर्दछ,’ उहाँले भन्नुभयो ।

आफ्नो ५६ बुँदे सम्बोधनको क्रममा राष्ट्रपतिले मुलुकको बिभिन्न समस्याबारे सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु भयो ।

राष्ट्रपति सम्बोधनको पूर्णपाठ