काठमाडौं, माघ २८ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन हुनुभएको छ । काठमाडौँमा शनिबार सम्पन्न प्रथम महाधिवेशनबाट बास्कोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी तथा महासचिवमा रञ्जु दर्शना सर्वसम्मत चयन हुनुभएको छ । यस्तै सचिवमा पवित्रा थापा, विमल तामाङ र समुद्र केसी चयन भएका छन् भने कोषाध्यक्ष दामोदर नेपाल चयन हुनुभएको छ ।
महाधिवेशन हलबाट सबै पदाधिकारी सर्वसम्मत चयन भएको घोषणा गरिएको हो ।













प्रतिक्रिया दिनुहोस्