जनता टाइम्स

१ भाद्र २०७६, आईतवार १२:२८

आगामी निर्वाचनपछि मलाई पदमा बस्न मन छैन : प्रधानमन्त्री ओली


काठमाडौं, भदौं १ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन हुने कुनै संभावना रहेको प्रष्ट पार्नुभएको छ । आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको संभावना नरहेको प्रष्ट पार्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकारको उदारतालाई कमजोरीको रुपमा नलिन आग्रह पनि गर्नुभयो । ‘मैले सुन्दैछु, प्रधानमन्त्री पद जाने भो भनेर डराएर बसेको छ । यो गलत हो । मैले पद नगएको कोही देखेको छैन । कुनै न कुनै दिन जान्छ । आगामी निर्वाचनपछि मलाई पनि प्रधानमन्त्री पदमा बस्न मन छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले पद गुम्छ कि भनेर आफू कहिल्यै नडराएको प्रष्ट पार्नुभयो ।

‘मलाई त्यो डर कहिल्यै भएन र छैन,’ उहाँको भनाई थियो । प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु नगर्न चेतावनी समेत दिनुभयो । उहाँले राजतन्त्र फर्काउँछौं भन्नु बेमौसमको बाजा भएको टिप्पणीसमेत गर्नुभयो ।