जनता टाइम्स

२ फाल्गुन २०७९, मंगलवार ११:३७

यातायात आन्दोलन फिर्ता, सबारी साधन चल्ने


काठमाडौं, २ फागुन ।यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ ।

आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो ।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरका बिच भएको छलफल पछिआन्दोलन स्थगित भएको हो । अब सबारी साधन निर्बाध रूपमा चल्नेछ।