काठमाडौं, फागुन २ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर नयाँ सरकार बनेपछि जनतामा आशाको सञ्चार भएको बताउनु भएको छ । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।
‘पाँच दलीय गठबन्धनले बहुमत ल्याउन सकेन । हामीले सोचेजस्तो मत नल्याए पनि कमजोर भएनौं। चौतर्फि घेराबन्दीका बीचमा पनि हामी पहिलो लोकप्रिय पार्टी हौं,’ महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले भारतले २०७२ सालमा लगाएको नाकाबन्दी पार्टी अध्यक्ष केपी शर्मा ओलीले असफल बनाएको तथ्य पनि राख्नुभयो । एमाले अध्यक्ष ओलीको नेतृत्वमा नाकावन्दी असफल बनाउनुका साथै मुलुकको विकास र समृद्धिको लागि अगुवाइ पनि ओलीले नै गरेको बताउनु भयो ।
‘देशको स्वाधीनता र राष्ट्रिय हितको प्रश्नमा भारतीय नाकाबन्दीलाई असफल बनाउने नेतृत्व हाम्रो पार्टी अध्यक्षले गर्नुभयो,’ महासचिव पोखरेलले भन्नुभयो, ‘नेपालको राजनीतिमा अराजतकता छ । राजनीतिलाई परिवर्तनअनुसार अगाडि बढाउने हो भने हामीले अवसरवादमाथि विजयी हासिल गर्नुपर्छ ।’
महासचिव पोखरेलले मुलुकको बलियो राष्ट्रय शक्ति बन्ने सामथ्र्य एमालेसँग मात्रै भएको बताउनु भयो । एमालेलाई बहुमतप्राप्त पार्टी बनाउन अबको लक्ष्य भएको उहाँको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस्