काठमाडौं, फागुन ५ । नेकपा एमालेले पार्टी सुदृढीकरण तथा विस्तारका लागि आजबाट २ महिने ’मिसन ग्रसरुट’ अभियान सुरु गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज भर्चुअली माध्यमबाट प्रदेश तथा विशेष कमिटीहरूलाई सम्बोधन गर्दै अभियानको सुरुवात गर्नुभएको हो ।
यो अभियानमा एमालेले पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक, अन्तक्रिया र स्थानीय तहको समस्या बुझ्ने, पार्टीभित्रको अन्तरविरोध बुझ्ने र त्यसलाई हल गर्नेसहितको कार्यक्रम सञ्चालन गरेको छ ।
अभियानका लागि एमालेले सात प्रदेशमा उपाध्यक्षको नेतृत्वमा संयोजन तथा अनुगमन टोली गठन गरेको छ । अभियानको क्रममा एमालेले केन्द्रीय नेताहरुलाई पालिकास्तरको कार्यक्रममा सञ्चालन तथा अनुगमनको लागि खटाएको हो ।
जसअनुसार प्रदेश–१ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सचिव टोपबहादुर रायमाझी, नेताहरु शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्कीलाई अनुमगनको जिम्मेवारी दिइएको छ ।
यसैगरी मधेस प्रदेश वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा सचिव रघुवीर महासेठ, नेताहरु गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल, वाग्मती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डेको नेतृत्वमा सचिव गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ अनुगमनको जिम्मेवारी तोकिएको छ ।

यस्तै गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवालीको नेतृत्वमा सचिव पदमाकुमारी अर्याल, नेताहरु किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा, लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा सचिव छविलाल विश्वकर्मा, नेताहरु भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्वाहाङ्फे, कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको नेतृत्वमा सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, नेताहरु यामलाल कँडेल र गोरखबहादुर बोगटीलाई अनुगमनको जिम्मेवारी तोकिएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा सचिव लेखराज भट्ट, नेताहरु मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापालाई अनुगमनको जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी विशेष कमिटीहरुको अनुगमन तथा संयोजनको नेतृत्व महासचिव शंकर पोखरेल, उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल र केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीलाई तोकिएको छ । महासचिव पोखरेल नेतृत्वको कमिटीले केन्द्रीय कार्यालयबाट गर्नुपर्ने आवश्यक सहजीकरणको जिम्मेवारीसमेत पाएको छ ।
कुन नेतालाई कहाँ खटाइयो ? हेर्नाेस सूची













प्रतिक्रिया दिनुहोस्