बैतडी, ५ फागुन । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला कार्यसमिति बैडतीको अध्यक्षमा गोविन्द प्रसाद भट्ट निर्वाचित हुनुभएको छ । चौथो जिल्ला अधिवेशनबाट भट्टको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा बीरसिंह महरा, शंकरदत्त अवस्थी र तारा कार्की निर्वाचित हुनुभएको हो । सचिवमा प्रकाश कापडी भट्ट, सहसचिवमा रामप्रसाद बडू, कोषाध्यक्षमा लोकेन्द्र देव भट्ट निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरूमा अनिता जोशी, प्रमानन्द ऐरी, नरेन्द्र विष्ट, दानसिंह विष्ट, लालमती भट्ट, खेमराज भट्ट, विष्णुदत्त भट्ट र दलबहादुर विष्ट निर्वाचित हुनुभएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका बैतडी जिल्ला सहइन्चार्ज प्रेम प्रकाश भट्ट प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिमा नेपाल राष्ट्रिय कर्मचारी संघ सुदूरपश्चिम इन्चार्ज बलदेब कपाडी रहनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्