जनता टाइम्स

६ फाल्गुन २०७९, शनिबार ०९:४१

चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ताको आब्हान ,१६ फागनुसम्मको समयसिमा


काठमाडौं, ६ फागुन । निर्वाचन आयोगले आगामी १० बैशाखमा हुन गईरहेको उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आब्हान गरेको छ । प्रतिनिधिसभाका तत्कालिन सांसद रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएसँगै रिक्त रहेको चितवन–२ मा १० बैशाखमा हुन गईरहेको उपनिर्वाचनका दल दर्ता गर्न आज आब्हान गरेको हो । आयोगका अनुसार १० फागुन देखी १६ फागुनसम्म दल दर्ता गरिसक्नु पर्नेछ ।

‘नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सबन्धि ऐन २९७३ को दफा ४ बमोजिम संबत २०७९ फागुन १० देखी फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सबन्धी नियमावली, २०७४ को अनुसुची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंस्थित कार्यालयमा दर्ताका लागि यो निवेदन सुचित गरिन्छ,’ आयोगद्धारा जारी सुचनामा भनिएको छ ।