जनता टाइम्स

१ भाद्र २०७६, आईतवार १७:२७

रवि लामिछाने भन्छन : छानविनमा सघाउन चाहन्छु, नियतवस फसाउने काम नहोस


चितवन, भदौं १ । पत्रकार सालिकराम पुडासैनीको आत्हमत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेललाई पत्रकारको टोलीले भेट गरेको छ । नेपाल पत्रकार महासंघ र प्रेस संगठन नेपालको टोलीले आज जिल्ला प्रहरी कार्यालय चितवन पुगेर लामिछाने र कँडेलसँग भेट गरेका हुन ।

प्रहरीले पुडासैनीले आत्महत्याका लागि बाध्य पारेको भिडियो सार्वजनिक भएपछि लामिछाने र कँडेलसहित नर्स अस्मिता कार्कीलाई पक्राउ गरी हिरासतमा राखेको छ । रविका समर्थकहरुले नियतबस फसाउने काम भएको भन्दै दैनिक बिरोध गरिरहेको बेला पत्रकारको टोलीले दुवै सञ्चारकर्मीलाई भेट गरेको हो ।

भेटको क्रममा लामिछानेले आफैसँग काम गरेका पत्रकार पुडासैनीको आत्महत्याले निकै मर्माहत भएको बेला आफैमाथि दोषी करार गर्ने कामप्रति दुःख ब्यक्त गर्दै छानविनमा सघाउने बताउनु भएको छ । ‘म निर्दाेष छु, छानविनमा सघाउन चाहन्छु, तर नियतवस फसाउने काम चाँहि कतैबाट नहोस,’ पत्रकार टोलीसँग लामिछानेको भनाई थियो । लामिछानेसँगै पक्राउ परेका पत्रकार कँडेलले पनि आफूहरु निर्दाेष रहेको बताउनु भयो ।

कँडेलले आफूले चिनापर्ची गराएको भनिएकी अस्मितासँग अदालतमा पहिलो पटक देखादेख भएको भन्दै फसाउने नियतले यस्तो काम भएको बताउनु भयो । उहाँले कार्कीसँग चिनजान नै नभएको अवस्थामा फसाउने काम भएको बताए । अदालतले गत बिहीवारबाटै लागू हुने गरी पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ । सो म्याद भोलि सोमवार सकिदै छ ।

पत्रकार टोलीले लामिछाने र कँडेलसँग संयुक्त भेट गरेको थियो । यस्तै छानविनपछि निर्दाेष सावित हुने बिश्वासहित बाहिर भइरहेको आन्दोलन वा प्रचारबाट अनुसन्धान प्रभावित हुन नहुने सुझाव दिँदै अनुसन्धानलाई नजिकबाट हेरिरहेको जानकारी गराएको थियो ।