काठमाडौं, फागुन ६ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक निरन्तर अधोगतितर्फ गएको भन्दै अव मौन रहन नसक्ने बताउनु भएको छ । प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो चेतावनी दिनुभएको हो ।
‘नेपालको अत्यधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरूमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौँ,’ शाहको सन्देशमा भनिएको छ ।
पूर्वराजा शाहले देश जोगाउन दलहरूलाई राजसंस्थासँग सहकार्य गर्न आह्वान पनि गर्नुभएको छ । देश अधोगतिमा जान लागेको सहकार्यको आवश्यकता रहेको शाहले औल्याउनु भएको छ ।
सन्देशमा शाहले जनताले चाहेको निर्णय स्वीकार गर्ने परम्परा र संस्कार आफ्नो वंशमा रहेको उल्लेख गर्नुभएको छ । अहिले देशको दीर्घकालीन शान्ति, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको भन्दै शाहले चिन्ता व्यक्त गर्नुभएको छ ।
देश जोगाउन प्रजातन्त्रका लाग अपरिहार्य राजनीतिक दलहरू र देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्न नहुने पनि शाहको भनाई छ ।















प्रतिक्रिया दिनुहोस्