जनता टाइम्स

१ भाद्र २०७६, आईतवार २०:५४

नेकपाले तोक्यो जनसंगठनको इञ्चार्ज–सहइञ्चार्ज : महेश बस्नेत युवासंघ इञ्चार्ज


काठमाडौं, भदौं १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनको इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको छ । आज साँझ बसेको सचिवालय बैठकले २२ वटा जनवर्गीय संगठनको इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको हो ।

सचिवालय बैठकले प्रेस संगठन नेपालको इञ्चार्जमा राजेन्द्र गौतम र सहइञ्चार्जमा ओम शर्मालाई जिम्मेवारी दिएको छ । यस्तै युवा संघको इञ्चार्जमा महेश बस्नेत, अनेरास्वबियूको इञ्चार्जमा हितमान शाक्य र सहइञ्चार्जमा बिनोद ढकाललाई जिम्मेवारी दिइएको छ । यस्तै मजदुरको इञ्चार्जमा जयपुरी घर्तीलाई तोकिएको छ ।

२२ मध्ये ६ वटा जनवर्गीय संगठनको इञ्चार्जमा बरिष्ठ नेता माधव कुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको छ । यसका साथै, बैठकमा नेपालले सचिवालयले वरीयताक्रम मिलाउने हो भने पूर्वएमालेका तीन पदाधिकारीलाई सचिवालय सदस्य बनाउनु पर्ने प्रस्ताव अघि सार्नुभएको छ । नेता नेपालले अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावललाई सचिवालयमा थप्ने प्रस्ताव गर्नुभएको हो ।