जनता टाइम्स

१ भाद्र २०७६, आईतवार २१:४२

नेकपाले तोक्यो बिशेष कमिटी–जनसंगठन र सम्पर्क कमिटीको इञ्चार्ज–सहइञ्चार्ज (सूचीसहित)


गणेश बस्नेत, शान्तिराम कार्की/काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका इन्चार्ज र सहइन्चार्ज तथा अध्यक्ष र सचिवहरू तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले सांगठानिक एकताका बाँकी कामलाई पूर्णता दिएको हो ।

बैठकपछि नेकपाका महासचिव बिष्णु पौडेलले जनताटाइम्सलाई दिनुभएको जानकारी अनुसार बैठकले उपत्यका विशेष जिल्ला कमिटीको इन्चार्जमा लिलामणि पोखरेल, सहइन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल तोकेको छ । सो कमिटीको अध्यक्ष राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपाने तोकिनुभएको छ । सो कमिटी मातहतको युवा विद्यार्थी विशेष कमिटीमा इन्चार्ज माधव ढुंगेल, सहइन्चार्ज कृष्ण केसी, अध्यक्षमा रमेश मल्ल र सचिव सुनिता बराल तोकिनुभएको छ ।

यस्तै मजदुर विशेष जिल्ला कमिटीमा इन्चार्ज विना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल, अध्यक्ष जगत सिंखडा र सचिव नरनाथ लुइटेल, पेशागतमा इन्चार्ज केशव नेपाल, सहइन्चार्ज प्रमेख खनाल, अध्यक्ष प्रेम पराजुली र सचिव तीर्थराज केसी तोकिनुभएको छ । यस्तै उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीमा इन्चार्ज पार्वत गुरुङ, सहइञ्चार्ज शशी श्रेष्ठ, अध्यक्ष रामप्रसाद सापकोटा र सचिव चन्द्र रिजाल तोकिनुभएको छ । केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्मा र सह डिलाराम आचार्य, झक्कु सुवेदी तोकिनुभएको छ भने अध्यक्षमा प्रल्हाल बुढाथोकी र सचिव नरेन्द्र श्रेष्ठ तोकिनुभएको छ । बैठकले सो कमिटी मातहतको सातै प्रदेशको अध्यक्ष र सचिव तोकेको छ ।

जनवर्गीय संगठनतर्फ ट्रेड युनियनको इन्चार्ज जयपुरी घर्ती र सहइन्चार्ज विनोद श्रेष्ठ, किसान महासंघको इन्चार्ज बामदेव गौतम र सहइन्चार्ज सुनिल मानन्धर तोकिनुभएको छ । अनेमसंघ इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोक्का, राष्ट्रिय युवा संघमा इन्चार्ज महेश बस्नेत, सहइन्चार्ज रामप्रसाद सापकोटा दिपशिखा, अनेरास्वबियूमा इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज विनोद ढकाल तोकिनुभएको छ । यसैगरी वुद्धिजिवीको इन्चार्जमा अग्नि सापकोटा र सहइन्चार्जमा टंक कार्की, पेशागत महासंघको इन्चार्जमा पम्फा भुसाल र सहइन्चार्जमा विश्वनाथ प्याकुरेल तोकिनुभएको छ ।

यस्तै प्रेस संगठन नेपालमा राजेन्द्र गौतम इञ्चार्ज, ओम शर्मा सहइञ्चार्ज, मानवअधिकार एलाइन्समा थममाया थापा इञ्चार्ज, सत्या पहाडी सहइञ्चार्ज, खेलकुद महासंघमा गणेशमान पुन इञ्चार्ज, हिक्मत कार्की सहइञ्चार्ज, कानून ब्यवसायीमा देव गुरुङ इञ्चार्ज, धर्मनाथ साह सहइञ्चार्ज तोकिनुभएको छ । यसैगरी भूमीहिन सुकुम्कासीमा रामप्रित पासवान इञ्चार्ज, सन्तकुमार चौधरी सहइञ्चार्ज, अपांगता महासंघमा दिपेन्द्र पुन इञ्चार्ज, जया घिमिरे सहइञ्चार्ज, इञ्जिनियरको संस्था पीनमा मनोज थापा इञ्चार्ज, शिक्षक सम्वद्ध संगठनमा मणि थापा इञ्चार्ज र जीवन घिमिरे सहइञ्चार्ज तोकिनुभएको छ ।

यस्तै उद्योग ब्यवसायी महासंघमा मुकुन्द न्यौपाने इञ्चार्ज, श्रीराम ढकाल सहइञ्चार्ज, भूपू सैनिकमा सन्तु दराई इञ्चार्ज, हरि राई सहइञ्चार्ज तोकिनु भएको छ । यस्तै आदीवासी जनजाती महासंघ इञ्चार्जमा गोकुल घर्ती, सहइञ्चार्जमा कमानसिंह लामा, राष्ट्रिय जनसाँस्कृतिक महासंघमा खगेन्द्र राई इञ्चार्ज, गोपाल ठाकुर सहइञ्चार्ज, मुस्लिम संगठनमा हकिकुल्ला खाँ इञ्चार्ज, दलित मुक्ति संगठनमा जगत बिक इञ्चार्ज, दलजित श्रीपाली सहइञ्चार्ज तोकिनु भएको छ ।

नेकपाले प्राध्यापक सम्वद्ध संगठनको इञ्चार्जमा डा. युवराज खतिवडा इञ्चार्ज र नारायण शर्मा सहइञ्चार्ज, स्वास्थ्य सम्वद्ध संगठनमा सुजिता शाक्य इञ्चार्ज, अञ्जना बिसंखे सहइञ्चार्ज तोकेको छ । यस्तै बिपद ब्यवस्थापन सम्वद्ध संगठन इञ्चार्जमा डा. गंगालाल तुलाधर र सूर्य सूवेदी सहइञ्चार्ज, प्रतिष्ठान सम्वद्ध संगठनमा इञ्चार्ज तुलबहादुर गुरुङ, सहइञ्चार्ज धर्मशिला चापागाई, बैदेशिक रोजगारमा श्रीप्रसाद साह इञ्चार्ज, लक्ष्मण पन्त सहइञ्चार्ज तोकिएको छ ।

यसैगरी सहकारीमा धर्मदत्त देवकोटा इञ्चार्ज, पशुपति चौलागाई सहइञ्चार्ज, उपभोक्त हित सम्वद्ध संगठनमा देवी ज्ञवाली इञ्चार्ज र जोखबहादुर महरालाई सहइञ्चार्ज तोकेको छ । बैठकले पार्टी स्कूल बिभागको उपप्रमुखमा बेदुराम भुसाललाई थप गरेको छ भने किसान महासंघको संयोजकमा हरि पराजुलीलाई चयन गरेको छ ।