जनता टाइम्स

२ भाद्र २०७६, सोमबार ०८:३०

नेकपाको प्रभावशाली संगठन सम्पर्क समन्वयमा यी नेताले पाए जिम्मेवारी (सूचीसहित)


काठमाडौं, भदौं २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सम्पर्क समन्वय कमिटीको इञ्चार्ज, सहइञ्चार्जसहित केन्द्र र सातै प्रदेशको पदाधिकारी तोकेको छ । आइतवार साँझ बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले स्थायी कमिटी सदस्य छविलाल बिश्वकर्मालाई सो कमिटीको इञ्चार्ज तोकेको छ भने सहइञ्चार्जमा डिलाराम आचार्य, बिजय गुरुङ र झक्कु सुवेदीलाई तोकेको छ । सम्पर्क समन्वय कमिटीको अध्यक्षमा प्रल्हाद बुढाथोकी र सचिवमा नरेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । सो कमिटी मातहत रहने गरी प्रदेश १ सम्पर्क समन्वय कमिटीमा इन्द्र भण्डारी अध्यक्ष, ध्रुव आङबो सचिव रहनुभएको छ ।

सो प्रदेशको इञ्चार्जमा किशोर बुढाथोकी र सहइञ्चार्ज हेमकुमार राई रहनुभएको छ । यस्तै प्रदेश २ सम्पर्क समन्वय कमिटीमा अच्यूत मैनाली इञ्चार्ज, भरत साह सहइञ्चार्ज, सुनिता यादव अध्यक्ष र बिन्दु यादव सचिव तोकिनुभएको छ । प्रदेश ३ मा गणेश पहाडी इञ्चार्ज, युवराज दुलाल सहइञ्चार्ज, कमला दोङ अध्यक्ष र श्यामकुमार बस्नेत सचिव तोकिनुभएको छ ।

गण्डकी प्रदेशमा दिलुकमारी पन्त इञ्चार्ज, चुडामणि खडका सहइञ्चार्ज, तारा कुमाल अध्यक्ष, बिष्णु सिग्देल सचिव, प्रदेश ५ मा मानबहादुर बुढा इञ्चार्ज, गौरा प्रसाई कोइराला सहइञ्चार्ज र ठानेश्वर बस्याल अध्यक्ष र सुनिता रोकायसचिव तोकिनुभएको छ । यस्तै कर्णालीमा झकबहादुर मल्ल इञ्चार्ज, गोबिन्द बिक्रम शाह सहइञ्चार्ज, पूर्णबहादुर मल्ल अध्यक्ष र चित्र धर्ती मगर सचिव तथा सुदुरपश्चिममा गौरीशंकर चौधरी इञ्चार्ज, महेश्वर पाठक सहइञ्चार्ज तोकिनुभएको छ ।