जनता टाइम्स

९ फाल्गुन २०७९, मंगलवार ११:२९

अमेरिकाको मेट्रो डिसी क्षेत्रका ३ राज्यमा एकैदिन प्रवासी नेपाली मञ्चको राज्य कमिटी गठन, कुन राज्यमा को ?


बाल्टिमोर, अमेरिका । प्रवासी नेपाली मञ्च, अमेरिका –ओएनएफ) अन्तर्गत डिसी मेट्रो क्षेत्रमा पर्ने ३ राज्यहरू मेरिल्याण्ड, भर्जिनिया र पेन्सलभानियामा राज्य कमिटी गठन भएको हो । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा अबस्थित रोयल स्पाइस नेप्लिज रेष्टुरेन्टमा १९ फेब्रुअरीमा सम्पन्न बृहत भेलाले ज्ञानेन्द्र गहतराजको अध्यक्षतामा ९ सदस्यीय प्रवासी नेपाली मञ्च मेरिल्याण्ड राज्य कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा रेमन थापा, सचिवमा ज्ञानेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा नारायण सापकोटा चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा सुदिप खतिवडा, ज्ञानप्रसाद खनाल, राममाया गहतराज, राम बोहोरा र किरण खड्का हुनुहुन्छ । सोही भेलाले बिज्ञान खनालको अध्यक्षतामा भर्जिनिया राज्य कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा कल्पना रिजाल, सचिवमा हेम राना र कोषाध्यक्षमा सरास्वती शर्मा चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा टंक सुयाल, रामहरी फुयाल र भुपाल पोखरेललाई चयन गरेको छ ।

यस्तै पेन्सलभानिया राज्य कमिटी अध्यक्षमा अभिषेक थापा चयन हुनुभएको छ । उपाध्यक्षमा लोकदर्शन लामिछाने, सचिवमा प्रेम खड्का र कोषाध्यक्षमा पुन्यबती पाठक चयन हुनुभएको छ । सदस्यहरुमा मिना पाहारी, रामबहादुर जिसी र प्रमोद आचार्य चयन हुनुभएको छ ।
राज्य कमिटीहरूको बृहत भेलाका प्रमुख अतिथि प्रबासी नेपाली मंच, अन्तराष्टिर्य कमिटीका अध्यक्ष सञ्जय थापा हुनुहुँथ्यो ।

थापाले ओएनएफको स्थापना, उदेस्य, निति, कार्ययोजनाका बारेमा स्पष्ट पार्दै प्रवासमा रहेका नेपालीहरूका मुख्य सबाव दोहोरो नागरिकता, गैरआबासीय नागरिकता, प्रबासमा रहेका नेपालीले प्रबासबाट नै भोट गर्ने ब्यबस्थाका लागि सरकारसंग पहल गर्ने वताउनु भयो । बिषेश अतिथि एमाले केन्द्रीय सल्लाहकार सदस्य माधब गौतमले नेपालको सामसामयिक परिस्थति र प्रबासीहरूले उठाउनु भएका बिषयको समाधान गर्न आफ्नो पार्टीका नेताहरूसंग समन्वय गर्ने बताउनु भयो ।

कार्यक्रममा अतिथि प्रबासी नेपाली मंच, अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य एवं अमेरीका महादेस ईन्चार्ज प्रभु थापाले अमेरीका महादेस कमिटीका बारेमा बताउदै यस क्षेत्रमा संगठन बिस्तार गर्न बिषेश पहल गर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा प्रबासी नेपाली मंच अन्तराष्ट्रिय कमिटी सदस्य एवं महिला बिभाग प्रमुख कुन्ती थापा र अन्तराष्ट्रिय कमिटी सदस्य एवं महिला बिभाग उप प्रमुख जानकी कार्कीले प्रबासमा रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा महिलाले खेलेको भुमीका बताउदै आफ्नो ४ बर्षे कार्यकालमा महिला बिगाले गर्ने कार्यक्रमहरूको योजना बताउनु भयो । उहाँले हरेक कार्यक्रममा महिलाको सहभागीताका लागि महिलाहरू सकृय हुनुपर्ने भन्दै सबै पुरूष मित्रहरूले आआफ्ना घर परिवारका महिलाहरूलाई सहयोग गर्न अनुरोध पनि गर्नुभयो ।

यस्तै शुभकामना दिने क्रममा प्रबासी नेपाली मंच, अमेरीका अध्यक्ष कृष्ण लामिछानेले अमेरीकमा प्रबासी नेपाली मंचको स्थापना, मंचको उदेश्य, संस्थाको कार्यनिति, स्थापना कालदेखि गर्दै आएका सामाजिक कामको बिस्तृत जानकारी गराउदै आगामी ३ बर्षसम्मको कार्य योजना निर्माण गरी कारान्वयन गरी रहेको बताउनु भयो ।

कार्यक्रममा ओएनएफ अन्तराष्ट्रिय कमिटी अन्तर्गत गठित बिभागका सदस्य, उद्योग बिभागका सदस्य वाई बी पन्त, आइटी बिभाग सदस्य गणेश पौडेल, महिला सशत्तmिकरण बिभाग सदस्य कमला भुसाल, अमेरीका महादेस कमिटी सदस्य अशोक कार्की, ओएनएफ अमेरीकाका उपसचिब कृष्ण आचार्य, केन्द्रीय सदस्यहरू पुष्पा घिमिरे, नारायण ढुड्गाना, केदार पाहारीको सहभागीता रहेको थियो ।

प्रबासी नेपाली मञ्च, अमेरीकाका सहसचिब एवं डिसी मेट्रो क्षेत्रका ईन्चार्ज गोबिन्द खनालको अध्यक्षतामा आयोजिल बृहत भेलाको संचालन ओएनएफका केन्द्रीय सदस्य एवं भर्जिनिया राज्य कमिटीका संयोजक बिजय बगालेले संचालन गर्नुभएको थियो ।