काठमाडौं, फागुन ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक ओडीआई क्लिन स्वीप गरेकोमा क्याप्टेन रोहित पौडेल र सिंगो राष्ट्रिय टिमलाई बधाई दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फतएमाले अध्यक्ष ओलीले आज साँझ नेपाली टिमलाई बधाई दिनुभएको हो ।
‘क्लिन स्वीप ! हाम्रो राष्ट्रीय क्रिकेट टीमको क्या गज्जबको जीत। डिभिजन टु वर्ल्ड क्रिकेट लिगमा नेपालले नामिबिया र स्कटल्याण्ड जस्ता वर्ल्ड कप टीमका बिरूद्ध राम्रो खेल्यो। टीम क्याप्टेन रोहित पौडेल, सिंगो राष्ट्रीय टीम र क्रिकेट संघ, नेपाललाई हार्दिक बधाई सहित नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामना !’ अध्यक्ष ओलीले भन्नुभएको छ ।
आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नेपाली टीमले सवै खेल जितेर क्लिनस्वीप गरेको हो ।
प्रतिक्रिया दिनुहोस्