काठमाडौं, फागुन १० । उपत्यकामा ट्राफिक प्रहरीले नियम विपरीत जोखिमपुर्ण यात्रा गराउने २१ हजार ५ सय चालकलाई कारबाही चालकलाई कारबाही गरेको छ ।
सुरक्षा चेकजाँचका क्रममा ट्राफिक प्रहरीले यस्तो कार्वाही गरेको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा ढोका खुला राखेर सवारी गुडाँउने १५ हजार ६२९ जनालाई कारबाही गरिएको छ । जसमध्ये साउन महिनामा २ हजार ६८३, भदौमा २ हजार ८७३, असोजमा ७ सय ४९, कार्तिकमा १ हजार ८२६, मंसिरमा २ हजार ८२६, पुसमा २ हजार ७३४ र माघ महिनामा १ हजार ९३८ जना चालक रहेका छन ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार नियमबिपरित सवारी चलाएकाले कार्वाही गरिएको हो । ’ढोका खुला राखेर सवारी साधन गुडाउँदा परिचालक तथा यात्रु ढोकाबाट खसेर दुर्घटना हुने भएकाले जोखिम न्यूनीकरण गर्न कारबाहीलाई तिव्रता दिइएको हो,’ भट्टले भन्नुभयो ।
क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाउँदै गरेका ५ हजार ८०२ जना चालक पनि कारबाहीमा परेका छन । ट्राफिकका अनुसार साउन महिनामा ७०९, भदौमा १ हजार ३४, असोजमा ७४९, कार्तिकमा ७ ५९, मसिरमा ७ ५९, पुसमा १ हजार ११ र माघमा ७८१ जना चालकलाई कारबाही गरिएको छ ।
यस्तै टेम्पोमा पछाडि यात्रुलाई झुण्डाएर यात्रा गराउने ७७ टेम्पो चालक पनि कारबाहीमा परेका छन । क्षमताभन्दा बढी यात्रु राख्दा सवारी साधन अनियन्त्रित भएर दुर्घटनाको जोखिम हुने भएकाले क्षमताभन्दा बढी यात्रु नराख्न र कोचिएर तथा झुण्डिएर यात्रा नगर्न यात्रु र यातायात व्यवसायीलाई आग्रह गरिएको प्रवक्ता भट्टले बताउनु भयो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा सवारीमा बस्ने वा राख्ने मानिस तथा मालसामानको हद निर्धारण गरिएकोले तोकिएभन्दा बढी राखेर सवारी साधन चलाए यातायात निरीक्षक तथा प्रहरीले तत्काल १ हजार ५ सय रुपैँयासम्म जरिवाना गर्ने सक्ने व्यवस्था रहेको छ ।













प्रतिक्रिया दिनुहोस्