काठमाडौं, फागुन ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले नेकपा ब्यूँताएर राष्ट्रपति बन्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गर्नुभएको छ ।
आज भएको छलफलमा प्रधानमन्त्री दाहालले आफू ५ बर्ष प्रधानमन्त्री, माधव राष्ट्रपति र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अध्यक्ष रहने गरी नेकपा ब्यूताउने प्रस्ताव गर्नुभएको स्रोतले बतायो ।
नेकपा एमालेले अध्यक्ष नेपाललाई राष्ट्रपति प्रस्ताव गरेसँगै अप्ठ्यारोमा पर्नुभएका प्रधानमन्त्री दाहालले एमालेसँग नेपाल मात्रै मिलेर नहुने,अ ाफू पनि मिल्नुपर्ने बताउनु भएको थियो । आजै एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माधवसँग भेट गरी राष्ट्रपतिमा औपचारिक प्रस्ताव गर्नुभएको थियो ।
आजको बार्तामा एमाले र एकीकृत समाजवादीबीच एकता प्रयास भइरहेको सम्वन्धमा नेपालसँग प्रधानमन्त्री दाहालले जिज्ञासा राख्नुभएको थियो । नेपालले यस विषयमा सकारात्मक जवाफ दिएपछि प्रचण्डले नेकपा नै ब्यूँताउने अफर गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्