काठमाडौं, फागुन १३ । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रामचन्द्रलाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गर्नुभएको थियो ।
बैठकले पौडेललाई सर्वसम्मत ढंगबाट निर्णय गरेको छ । पौडेलले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नुहुनेछ ।
एमालेको पलहमा प्रधानमन्त्री बन्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्ता गठबन्धन तोडेर ८ दलीय नयाँ गठबन्धनमा सहभागी भएर राष्ट्रपतिमा कांग्रेसलाई साथ दिने सहमति गर्न शुक्रवार सो सहमति भएसँगै कांग्रेसले आज राष्ट्रपतिमा रामचन्द्र पौडेललाई अघि सारेको हो ।














प्रतिक्रिया दिनुहोस्