जनता टाइम्स

१३ फाल्गुन २०७९, शनिबार ११:२८

तत्काल सरकारबाट नबाहरिने एमाले निर्णय, यस्तो छ कारण


काठमाडौं, फागुन १४ । नेकपा एमालेले तत्काल सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो ।

सचिव पदमा अर्यालका अनुसार पुस १० को सहमति कार्यान्वयन हुने वा नहुने भन्ने टुंगो चुनावले लगाउने भएकोले तत्काल सकारबाट तत्काल नबाहिरिने निर्णय बैठकले गरेको हो ।

‘हामी पुस १० को सहमति कार्यान्वयन गर्छौं, हाम्रै पहलमा सरकार गठन भएकोले तत्काल सरकारबाट बाहिरिदैनौं,’ बैठकको निर्णय जानकारी दिँदै सचिव अर्यालले भन्नुभयो ।

बैठकले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।