जनता टाइम्स

१३ फाल्गुन २०७९, शनिबार १३:४७

चितवनको हात्तिसार नजिक इजरायली नागरिक मृत फेला


चितवन, १३ फागुन । चितवनको रत्नगरमा एक जना इजरायली नागरिक मृत अवस्थामा फेला पर्नुभएको छ । मृतकको शव रत्ननगर नगरपालिका–६ स्थित हात्तीसार नजिकै फेला परेको हो ।

हात्तीसारदेखि दक्षिणतर्फको जंगलमा अन्दाजी ३० वर्षे विदेशी पुरुष जंगली हात्तीको आक्रमणपछि मृत अवस्थामा फेला परे पछि इलाका प्रहरी कार्यालय, टाँडीबाट खटिएको अनुसन्धान टोलीले उहाँको साथबाट सवारी लाइसेन्स फेला पारेको छ

। मृतक इजरायली नागरिक सामुएल बोइकानेर भएको प्रहरीले जनाएको छ । हात्तिको आक्रमणवाट उहाँको मृत्यु भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान बढाएको छ ।