काठमाडौं, १३ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा गराउन खोजिएको बताउनुभएको छ । मेयर शाहले आज सामाजिक सञ्जालमार्फत आफूलाई राजीनामा गराउन खोजिएको बताउनुभएको हो । उहाँले यो देश कहिल्यै नबन्नेसमेत जनाउनुभएको छ ।

‘मेयरबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन,’ शाहले भन्नुभएको छ । तर, उहाँले कसले राजीनामा दिन लगाउन खोजेको हो त्यो भने केही खुलाउनुभएको छैन । अचानक देखा परेको मेयर शाहको यो स्टाटसले तरंग उत्पन्न गर्ने भएको छ ।














प्रतिक्रिया दिनुहोस्