काठमाडौं, फागुन १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्न लागेको गम्भीर षडयन्त्रको जानकारी पाएपछि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
प्रधानमन्त्रीका लागि पुस १० गते कांग्रेस नेतृत्वको गठबन्धन तोडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आत्मसमर्पण गर्नुभएका प्रचण्डले राष्ट्रपतिमा कम्युनिष्टलाई हुन नदिने मिसन पूरा गर्न कम्फर्टेवल गठबन्धन बनाएर एमाले मन्त्रीहरुलाई गम्भीर अपमान गर्न थालेपछि एमाले सरकारबाट बाहिरिएको छ ।
प्रधानमन्त्री दाहाललाई भारतीय बिदेश सचिव बिनयमोहन क्वत्राले कांग्रेसको राष्ट्रपति बनाएर यसअघि भारतीयलाई दिन लागेको नागरिकता र नेपालमा भारतको प्रभाव इतिहासमै बलियो बनाउन दिएको निर्देशनपछि दाहालले यस्तो षडयन्त्र गर्नुभएको थियो ।
सरकारमा एमालेको तर्फबाट नेतृत्व गर्नुभएका नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री दाहालले आफूहरूलाई अपमान गर्नुका साथै हटाउन लागेकाले सरकारबाट बाहिरिने निर्णय लिएको बताउनुभयो ।
पार्टी सचिवालयको बैठकपछि पौडेलले प्रधानमन्त्रीले आफूहरूलाई हटाउने वा विनाविभागीय बनाउने तयारी गरेको जानकारी पाएपछि पुस २५ सम्म नकुरी बाहिरिएको बताउनुभयो । ‘पुस १० गते भएको सहमति अनुसार प्रधानमन्त्री राष्ट्रपतिमा अघि बढ्नुहोस् भन्ने हाम्रो चाहना थियो । घटनाक्रमहरू त्यसअनुसार अघि बढ्न सकेन । सहमति अनुसार अघि बढ्न नसक्ने प्रधानमन्त्रीले निरन्तर अभिव्यक्ति दिँदै आउनुभयो,’ पौडेलले भन्नुभयो ।
राष्ट्रपतिमा सहमति बन्न नसकेपनि आफूहरू सरकारमा रहेर सहयोग गर्ने पक्षमा भएको तर प्रधानमन्त्रीले त्यो नचाहेको उहाँको भनाइ थियो । एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरूलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउनेसम्मको षडयन्त्र प्रधानमन्त्रीले गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहालले जेनेभा भ्रमणमा जान लाग्नुभएकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर पूर्वमन्त्रीलाई पठाउने काम गर्नुभएको थियो । ‘उहाँले एमाले सरकारबाट नहटे विनाविभागीय मन्त्रीको रूपमा राख्ने जस्ता अभिव्यक्ति दिनुभएपछि हामी सरकारमा बस्न सकेनौँ । त्यसैले सरकारबाट फिर्ता हुने निर्णय गरेका छौँ । राष्ट्रको इज्जतमाथि नै यसले प्रतिकुल असर पारेको छ,’ पौडेलले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्