जनता टाइम्स

१५ फाल्गुन २०७९, सोमबार १४:२१

घनश्यामले बैठकमै आत्महत्याको धम्की दिएपछि


काठमाडौं, फागुन १५ । चुनावमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर सानदार पराजय निकाल्नु भएका सर्वनासवादी नेता घनश्याम भुसालले आत्महत्याको धम्की दिएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बन्नबाट रोकेको रहस्य खुलेको छ ।

नेकपा एकीकृतको बैठकमै भुसालले नेकपा एमालेको प्रस्तावमा माधव उम्मेदवार बने आत्महत्या गर्ने धम्की दिनुभएपछि माधवले मुखैमा आएको राष्ट्रपति मोह छाडेर कांग्रेसको शरण पर्नुपरेको हो ।नेकपा एकीकृत समाजवादीका एक नेताले जनताटाइम्स डटकमलाई बताएअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि माधवले आफू राष्ट्रपति हुने योजनासहित बैठक बोलाउनु भएको थियो । उहाँले आन्तरिक लबिङ पनि गर्नुभयो । तर माधव राष्ट्रपति बन्ने त्यो पनि एमालेको समर्थनमा भनेपछि बैठकमै भुसालले इमोशनल ब्याकमेलिङ गर्नुभयो ।

‘घनश्याम भुसाल यति धेरै इमोशनल हुनुभयो कि केपी ओली र एमालेको प्रस्ताव आएर माधव नेपाल राष्ट्रपति बन्ने हो भने म आत्महत्या गर्छु भन्नुभयो, उहाँको अनुहारदेखि हाउभाउ हेर्दा साँच्चै आत्महत्या नै पो गर्लान कि भनेर माधवले कांग्रेसलाई समर्थन गर्नुभएको हो,’ बैठकमा सहभागी एक नेताले जनताटाइम्स डटकमसँग भने । ती नेताका अनसार भुसाललाई सर्वसाधरणबाट उठाएको करोडौं रकम हजम पार्ने डा. बिजय पौडेल, काम लगाएर पत्रकारको पैसा नदिने जगन्नाथ खतिवडादेखि जवजमा बिद्यावारिधी गरेर जवजबारे बोल्दै बोल्दिन भनेर कसम खाने बेदराम भुसालसम्मले साथ दिनुभएको थियो ।

‘घनश्याम कमरेडले म एमालेमा यति धेरै अपमान सहेर यहाँ आएको हुँ, हाम्रो मुख्य उदेश्य नै एमाले सकाउने हो, कांग्रेस माओवादी बढाउँदा नै एमाले सकाउन सकिन्छ, केपी ओली हुँदासम्म एमालेसँग एकता वा सहकार्य केही गर्नुहुन्न, अव अहिले नै माधव कमरेड एमालेसँग सहकार्य गरेर राष्ट्रपति हुने हो भने त म चाँहि पक्का आत्महत्या गर्छु भन्नुभयो,’ ती नेताले भने ।

भुसालको यो कुरालाई बरिष्ठ नेता मुकुन्द न्यौपानेसहितका केहीले प्रतिवाद गरेको पनि ती नेताको भनाई छ । ती नेताका अनुसार माधवले दाँयाबाँया गर्लान भनेर नै घनश्याम, बेदुराम र बिजय पौडेल बालुवाटार गएर माधवलाई मनायौं, कांग्रैसकै राष्ट्रपति बनाऔं भन्नुभएको थियो ।

आफूले पद पाउनु नै आधुनिक माक्र्सवाद भन्ने नयाँ सिद्धान्त प्रतिपादन गर्नुभएका नेकपा एसका नेता घनश्याम भुसालको नाममा ठूला कुरा गर्ने, काम गर्दै नगर्ने र जता लाग्यो, उतै सर्वनास बनाउने रेकर्ड रहेको छ । नेकपा एसको बैठकमा भुसालले कांग्रेसको राष्ट्रपति बनाउनै पर्ने भारतको मिसनका लागि आत्महत्याको धम्की दिएर माधवलाई रोक्न सफल हुनुभएको छ ।