जनता टाइम्स

१६ फाल्गुन २०७९, मंगलवार १५:०४

बलात्कार आरोपमा २ जना पक्राउ


भक्तपुर, १६ फागुन । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दोलखा मेलुङ गाउँपालिका–५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापालाई प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन ७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमीबाट पक्राउ गरेको हो । उता भोजपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका–७ भदौरे बस्ने २६ वर्षीय हरि कुमार भन्ने हरि श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका–६ मठेटारस्थित कच्ची बाटो नजिक श्रेष्ठले ती किशोरीलाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाभोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।