काठमाडौं, फागुन १६ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पतनउन्मुख यात्राको तथ्य उजागर गर्नुभएको छ ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत तीन दृष्टान्त दिँदै प्रचण्डको पतनोन्मुख यात्राको सटिक पोल खोलिदिनु भएको हो ।
महासचिव पोखरेलले भन्नुभएको छ, ‘उग्रवामपंथी अतिवादको पतन कसरी चरम दक्षिणपंथी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दैछ प्रचण्डको पतनोन्मुख यात्रा ।’
एमाले महासचिव पोखरेलको यो भनाईले प्रचण्डको नकारात्मक प्रबृत्तिलाई बुझन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्