जनता टाइम्स

१७ फाल्गुन २०७९, बुधबार १९:१७

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य, घटनाउन तयार होलान त निगमको नेतृत्वकर्ता प्रधानमन्त्री प्रचण्ड ?


काठमाडौं, फागुन १७ । भारतबाट पेट्रोल डिजेललगायतका इन्धनको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले मूल्य घटाएर पठाएको हो।

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्याङ्कन गर्दै मूल्य घटबढ गर्ने सम्झौता छ। जसअनुसार आज १ तारिखमा नयाँ मूल्य भारतले पठाएको हो। नयाँ मूल्यअनुसार खाना पकाउने एलपी ग्यासबाहेक सबै इन्धनको मूल्य घटेर आएको छ।

नेपाल आगल निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २१ पैसा , डिजेल प्रतिलिटर पाँच रुपैया, मट्टितेल प्रतिलिटर तीन रुपैयाँ ४० पैसा, हवाइ इन्धन पाँच रुपैयाँले घटेर आएको छ।

भारतबाट मुल्य घटेर आएको अवस्थामा आयाल निगमको नेतृत्वकर्ता मन्त्रालय उद्योग बाणिज्इ तथा आपुर्तिमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घटाउन निर्देशन दिनुहोला कि यथावत भन्ने प्रश्न सवैको मनमा उब्जिएको छ ।