जनता टाइम्स

२ भाद्र २०७६, सोमबार २२:०४

प्रचण्डको घोषणा : वर्तमान सरकार पाँचै वर्ष रहन्छ


जनकपुरधाम, भदौ २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँचै वर्ष रहने बताउनु भएको छ ।

जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकार नै पाँच बर्ष रहने घोषणा गर्नुभएको हो । अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्माबीचको सहमतिबाटै सवै कुराको टुंगो लगाउने जानकारी पनि दिनुभयो । ‘नेकपाको वर्तमान सरकार पाँचै वर्ष रहन्छ, हामी सहमतिअनुसारै अघि बढने छौं,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले पहिलो वर्ष देशमा कानूनी जटिलता भएका कारण सरकारले अपेक्षानुसार काम गर्न नसकेको बताउँदै अब सरकार समृद्ध नेपाल र सुखी नेपालीको अवधारणालाई सफलीभूत पार्न क्रियाशील हुनेछ भन्नुभयो ।