कञ्चनपुर, १८ फागुन । कञ्चनपुर जिल्लामा यौन दुर्व्यवहार तथा जबर्जस्ती करणीको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ ।
जिल्लाको भिमदत्त नगरपालिका–४ का शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको छ । कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकर बहादुर चन्दले विगत एव वर्षदेखि वालवालिका विद्यालय गएको बेला अफिसमा पटक–पटक अनाथलयमा बस्ने बालिकालाई यौन दुर्व्यवहार, जबर्जस्ती करणी गरी गर्भपतनसमेत गरेको खुलेको छ ।
उनलाई बालयौन दुरुपयोग, जबर्जस्ती करणी र गर्भपतन कसुर मुद्वामा कञ्चनपुर जिल्ला अदालतले २०७९ माघ १७ गते बालयौन दुरुपयोग कसुरमा ५० हजार जरिवाना, जबर्जस्ती करणी र गर्भपतन कसुरमा पुर्पक्षका लागी कारागार पठाइएको हो ।
प्रतिक्रिया दिनुहोस्