जनता टाइम्स

१९ फाल्गुन २०७९, शुक्रबार १७:३३

नेम्वाङ र प्रधानमन्त्री बीचको छलफल सकारात्मक : योगेश भट्टराई


काठमाडौं, १९ फागुन । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेम्वाङ र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको जनाउनुभएको हो । सचिव भट्टराई, नेम्वाङ र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेट भएको र प्रधानमन्त्री सकारात्मक रहेको बताउनुभयो ।

सचिव भट्टराईले राष्ट्रपति निर्वाचनमा नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी भएकाले लोसपा पनि सकारात्मक रहेको बताउनुभयो । उहाँले राष्ट्रपति जस्तो पदमा गठबन्धन बनाएर देशलाई विभाजित गर्नु नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी हो । संविधान, कानून बुझेको, संविधान निर्माणमा नै अग्रसर रहेकाले उहाँ नै उपयुक्त हुनुहुन्छ ।

बैठक बसेर निर्णय गर्ने कुरा गर्नुभएको छ तर उहाँहरुको प्रतिक्रिया सकारात्मक पाएका छौँ । राष्ट्रपति जस्तो निर्वाचनमा गठजोड बनाएर, गठबन्धन बनाएर देशलाई विभाजित गर्नु हुँदैन । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्रीसँग पनि हामीले भेट गरेका छौं यसमा प्रधानमन्त्री सकारात्मक कुरा भएको बुझेका छौँ ।’ लोसपा अध्यक्ष महन्थ ठाकुर र नेम्वाङबीच आजै भेटवार्ता भएको थियो । त्यस्तै सिके राउतसँग पनि नेम्वाङको आज भेट भएको छ ।