काठमाडौं, फागुन २१ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति नेकपा माओवादी केन्द्रले कडा आपत्ति जनाएको छ ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले आज विज्ञप्ति जारी गर्दै सर्वाेच्चका न्यायधाीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासबाट भएको सो आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति जनाउनु भएको हो ।
महासचिव गुरुङले बिज्ञप्तीमा विस्तृत शान्ति सम्झौताविपरीतको रिट दर्तामा प्रतिगमनकारी प्रवृत्तिहरू सलबलाएको भन्दै बाह्र बुँदे समझदारी, शान्ति प्रक्रिया पक्षधर राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायलाई आह्वानसमेत गर्नुभएको छ ।
नेपाली कांग्रेस महासमिति सदस्य जितेन्द्र मोक्तान र ज्ञानेन्द्रराज आरणसहितले प्रधानमन्त्री दाहालमाथि ५ हजार जनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर कारबाही गर्न माग गर्दै रिट लैजानुभएको थियो । सर्वाेच्च प्रशासनले दरपिठ गरेको सो रिटलाई संयुक्त इजलाशले दर्ता गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्